अल्टिच्युडले भित्र्यायो नयाँ हेलिकोप्टर, यसकारण नेपाली आकाशका लागि सर्वोत्कृष्ट (तस्बिरसहित)

काठमाडौं । अल्टिच्युड एअरले नयाँ हेलिकोप्टर खरिद गरेको छ । कम्पनीले एअरबसको विश्वविख्यात हेलिकोप्टर एएस ३५० बी ३ ई (एच १२५) खरिद गरेको हो ।

अल्टिच्युडले खरिद गरेको नयाँ हेलिकोप्टर मलेसियाबाट मार्च ३० मा उडेर बुधबार काठमाडौंमा ल्यान्ड गरेको हो । फ्लाइटमा कम्पनीका अपरेसन्स निर्देशक क्याप्टेन केशव प्रसाद गौचनको नेतृत्वमा क्याप्टेन रवीन्द्र प्रजापति, इन्जिनियर अनिरुद्र श्रेष्ठसमेतको टोली मलेसियाबाट थाइल्यान्ड, म्यानमार, बंगलादेश, भारत हुँदै नेपाल आएको हो ।

कम्पनीले ९ एन एमएक्स कलसाइन भएको सिरियल नं. ८६५६ हेलिकोप्टर खरीद गरेको हो । अल्टिच्युडको नयाँ एअरक्र्याफ्ट फ्रान्समा निर्मित भइ मलेसियामा रिएसेम्बल गरिएको हो ।

हेलिकोप्टरले हालसम्म ७ घण्टा परीक्षण र १६ घण्टा उडानसहित २३ घण्टा उडान भरेको छ । कम्पनीको यो तेस्रो हेलिकोप्टर हो ।

कम्पनीका प्रबन्ध निर्देशक नीमा नोरु शेर्पाले नयाँ हेलिकोप्टर ल्याएसँगै कम्पनीले सबैभन्दा नयाँ प्रविधिमा आधारित हेलिकोप्टरबाट विश्वसनीय सेवा दिने कम्पनीको योजना भएको बताए । एकल इन्जिन भएको यो सबैभन्दा शक्तिशाली हेलिकोप्टर रहेको र यससँगै कसैको तुलना गर्न नसकिने उनको दाबी छ ।

शेर्पाका अनुसार कम्पनीले ३ मिलियन डलर (करिब ३० करोड रुपैयाँ) मा खरिद गरेको हो ।

नयाँ हेलिकोप्टर २३ हजार फिटसम्म सहज उडान गर्ने क्षमता राख्दछ । तसर्थ नेपालजस्तो उच्च पहाडी भूभागका लागि यो हेलिकोप्टर सबैभन्दा उपयोगी रहने अपरेसन्स निर्देशक गौचनले बताए । उनका अनुसार हेलिकोप्टरमा थप जी ५०० एच इन्स्ट्रुमेन्ट भएका कारण यो सबैभन्दा नयाँ मोडलको हेलिकोप्टर हो । कम्पनीसँग यसअघि पनि यही मोडलको हेलिकोप्टर रहेको छ ।

कम्पनीका चिफ इन्जिनियर पूर्णवीर कंसाकारका अनुसार यो हेलिकोप्टर हाइ अल्टिच्युड हेलिकोप्टर हो जुन विशेष गरी हाइ अल्टिच्युड रेस्क्युका लागि उपयोगी रहन्छ । हेलिकोप्टरमा सेमिग्लास ककपिट छ भने अटोमेटिक ट्र्याकिङ प्रणाली जडित छ । यो हेलिकोप्टर हाइ अल्टिच्युड रेस्क्युसहित सामान झुन्ड्याएर बोक्न, बास्केट राखेर हेलिस्किइङ गर्न तथा उद्धारका लागि स्ट्रेचरसमेत राखेर उडान गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

कर संकलनमा एक्याप र गाउँपालिकाबीच असमझदारी

(म्याग्दी) — प्राकृतिक स्रोत, साधनमा कर उठाउने र पूर्वाधार निर्माण गर्ने विषयमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीय अन्नपूर्ण

एनआईसी एशियाको ‘चमत्कारिक’ योजना

काठमाडौं । एनआईसी एशिया बैंकले २२ वटा चमत्कारिक विशेषता रहेको विभिन्न १५ नयाँ बचत निक्षेप योजना सार्वजनिक गरेको छ । २१ वर्ष पुरा गरी २२ औं वर्षमा

नेप्से बढ्यो, कारोबारमा समेत सुधार

काठमाडौं । बुधबार धितोपत्र बजारमा नेप्से परिसूचक बढेको छ । साताको चौंथो दिन सेयर बजार मापक नेप्से परिसूचक २ दशमलव १ अंकले बढेर १ हजार १ सय ६५ दशमलव ८४