सिताराम संस्कृत माविको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।।

देवघाट । सिताराम संस्कृत माध्यमिक विद्यालय  भरतपुर महानगरपालिका–१ देवघाटको ४५ औं वार्षिकोत्सव एवं अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । बिद्यालय प्राङगणमा भएको समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका १ वडाअध्यक्ष केशव महर्जनले नगरको समृद्धिका लागि शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । अभिभावकहरुको लगानी र मेहनत भएको सामुदायिक बिद्यालयको शैक्षिक अवस्था पनि राम्रो भएकाले शैक्षिक गुणस्तर खस्किएको बिद्यालयहरुमा त्यहाँका अभिभावकहरुको चासो हुनुपर्ने अध्यक्ष महर्जनको भनाई थियो ।  

विद्यालय व्यस्थापन समितिका अध्यक्ष ददिराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा,विद्यालयका पुर्व प्रधानाध्यापक हरि आचार्य , चितवन ईट्टा व्यवसायी संघका अध्यक्ष नारायण सापकोटा,नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेश सचिवालय सदस्य पुर्ण पुरी,विद्यालय व्यस्थापन समितिका पुर्व अध्यक्ष होम बहादुर भारती,नयाँ किरण माध्ममिक विद्यालय भोजाडका प्रधानाध्यापक रामेश्वर अधिकारी लगायतले शुभकामना मन्त्वय राख्नुभएको थियो ।

कार्यक्रममा देवघाट गाँउपालिका अध्यक्ष तिल बहादुर थापाले  विद्यार्थीहरुलाई पुरस्कार वितरण,शिक्षक सम्मान,दातासम्मान,विद्यार्थी सम्मान अभिभावक सम्मान लगायतका ब्यक्तिहरुलाई सम्मान गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक पोदराज पौडेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक भेगलाल वरालले स्वागत मन्त्वय राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन पाण्डेले गर्नुभएको विद्यालयका प्रधानाध्यापक पोदराज पौडेलले रेडियो देवघाटलाई जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

सामुदायिक रेडियो देवघाटद्धारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न/आवाज विहिनको वास्तविक आवाज बन्न देवघाट गाँउपालिका अध्यक्ष थापाको आग्रह

सामुदायिक रेडियो देवघाटले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु नेपालीहरुको महानपर्व विजयादशमी शुभदिपावली,छठपर्व

देवघाट सार्वजनिक पुस्ताकालयको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न ।।

देवघाट सार्वजनिक पुस्ताकालय तनहुँको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा देवघाट

देवघाट गाँउपालिकामा रक्तदान कार्यक्रम सम्पन्न , ४१ जनाले गरे रक्तदान ।।

रगतको अभाव कम हुन नदिन तनहुँको देवघाट गाँउपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न देवघाटमा