देवघाट सार्वजनिक पुस्ताकालयको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न ।।
देवघाट सार्वजनिक पुस्ताकालय तनहुँको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा देवघाट गाँउपालिका ५ तनहुँमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गदैं प्रमुख अतिथि देवघाट गाँउपालिका अध्यक्ष तिल बहादुर थापाले बहुउद्धेश्य भवनको रुपमा डिपिआर बनाउन गाँउपालिकाले सहयोग गर्ने बताउनुभयो । देवघाट सार्वजनिक पुस्ताकालय तनहुँ जिल्लाकै नमुनाको रुपमा रहेको र देवघाट गाँउपालिकाको गहनाको रुपमा रहेको थापाले जोड दिनुभयो ।
सोही सन्र्दभ पारी गाँउपालिका अध्यक्ष थापाले देवघाट गाँउपालिका ५ मा पर्यटन मार्ग,धार्मिक एवं भित्रि सडकलाई स्तरउन्नति गरिने प्रष्ट पार्नुभयो । यसैगरी देवघाट गाँउपालिका उपाध्यक्ष भुवन सिंङ गुरुङले स्थानिय पालिकाले संघीय र प्रदेश सरकारसँग पहल गरेर देवघाट सार्वजनिक पुस्ताकालय तथा देवघाट सामुदायिक सिकाई केन्द्रको भवन निर्माणका पहल कदमी लिने बताउनुभयो । यसैबिच देवघाट सार्वजनिक पुस्ताकालयका अध्यक्ष शिवराज पौडेलले संस्थाको प्रगति र आगामी योजनाबारे प्रष्ट पादैं सबैसँग आवश्यक सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो ।
संस्थाको भवन निर्माणका लागि कपिलबस्तु स्थायी ठेगाना भई हाल देवघाटमा रहनुभएका विष्णुभक्त धनन्जयले १० हजार १ रुपैया सहयोग र देवघाट गाँउपालिका ५ पुर्व वडाअध्यक्ष याल बहादुर गुरुङले झयाल र ढोका निर्माणका लागि निःशुल्क श्रमदान गर्ने जनाउनुभयो । कार्यक्रमको सहजीकरण फणिन्द्र पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता देवघाट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदीले गर्नुभएको हो ।

देवघाट
श्री चक्रवर्ती सामुदायिक वन उपभोक्ता समूह देवघाट ५ तनहुँ द्वारा चक्रवर्ती सामुदायिक वन ग्रीन पिकनिक पार्क क्षेत्रमा उपभोक्ता समुहका सदस्यहरुको
योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै
भरतपुर १ स्थित श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा बृहत् महायज्ञ संचालन हुने भएको छ । आउँदो बर्ष बैशाख १८ गतेदेखि असार ९ गतेसम्म
बृहत तीज उत्सव २०७९ को पुर्व सन्ध्यामा आज आमा समुहहरुसँग छलफल कार्यक्रम सम्पन्न ।।
रेडियो देवघाटको आयोजनामा हुने बृहत तीज उत्सव २०७९ को पुर्व सन्ध्यामा आज आमा समुहहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । रेडियो देवघाटका अध्यक्ष






प्रतिकृया दिनुहोस