देवघाट सार्वजनिक पुस्ताकालयको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न ।।

देवघाट सार्वजनिक पुस्ताकालय तनहुँको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा देवघाट गाँउपालिका ५ तनहुँमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गदैं प्रमुख अतिथि देवघाट गाँउपालिका अध्यक्ष तिल बहादुर थापाले बहुउद्धेश्य भवनको रुपमा डिपिआर बनाउन गाँउपालिकाले सहयोग गर्ने बताउनुभयो । देवघाट सार्वजनिक पुस्ताकालय तनहुँ जिल्लाकै नमुनाको रुपमा रहेको  र देवघाट गाँउपालिकाको गहनाको रुपमा रहेको थापाले जोड दिनुभयो ।

सोही सन्र्दभ पारी गाँउपालिका अध्यक्ष थापाले देवघाट गाँउपालिका ५ मा पर्यटन मार्ग,धार्मिक एवं भित्रि सडकलाई स्तरउन्नति गरिने प्रष्ट पार्नुभयो । यसैगरी देवघाट गाँउपालिका उपाध्यक्ष भुवन सिंङ गुरुङले स्थानिय पालिकाले संघीय र प्रदेश सरकारसँग पहल गरेर देवघाट सार्वजनिक पुस्ताकालय तथा देवघाट सामुदायिक सिकाई केन्द्रको भवन निर्माणका पहल कदमी लिने बताउनुभयो । यसैबिच देवघाट सार्वजनिक पुस्ताकालयका अध्यक्ष शिवराज पौडेलले संस्थाको प्रगति र आगामी योजनाबारे प्रष्ट पादैं सबैसँग आवश्यक सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो ।

संस्थाको भवन निर्माणका लागि कपिलबस्तु स्थायी ठेगाना भई हाल देवघाटमा रहनुभएका विष्णुभक्त धनन्जयले १० हजार १ रुपैया सहयोग र देवघाट गाँउपालिका ५ पुर्व वडाअध्यक्ष याल बहादुर गुरुङले झयाल र ढोका निर्माणका लागि निःशुल्क श्रमदान गर्ने जनाउनुभयो । कार्यक्रमको सहजीकरण फणिन्द्र पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता देवघाट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदीले गर्नुभएको हो । 

प्रतिकृया दिनुहोस

सामुदायिक रेडियो देवघाटद्धारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न/आवाज विहिनको वास्तविक आवाज बन्न देवघाट गाँउपालिका अध्यक्ष थापाको आग्रह

सामुदायिक रेडियो देवघाटले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु नेपालीहरुको महानपर्व विजयादशमी शुभदिपावली,छठपर्व

सिताराम संस्कृत माविको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।।

देवघाट । सिताराम संस्कृत माध्यमिक विद्यालय  भरतपुर महानगरपालिका–१ देवघाटको ४५ औं वार्षिकोत्सव एवं अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।

देवघाट गाँउपालिकामा रक्तदान कार्यक्रम सम्पन्न , ४१ जनाले गरे रक्तदान ।।

रगतको अभाव कम हुन नदिन तनहुँको देवघाट गाँउपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न देवघाटमा