सामुदायिक रेडियो देवघाटद्धारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न/आवाज विहिनको वास्तविक आवाज बन्न देवघाट गाँउपालिका अध्यक्ष थापाको आग्रह

सामुदायिक रेडियो देवघाटले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु नेपालीहरुको महानपर्व विजयादशमी शुभदिपावली,छठपर्व २०७९ एवं नेपाल सम्वत् ११४३ को अवसरमा रेडियो परिसरमा  शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको हो । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गदैं गाँउपालिका अध्यक्ष तिल बहादुर थापाले आवाज विहिनको वास्तविक आवाज बन्न सामुदायिक रेडियो देवघाटलाई आग्रह गर्नुभयो ।

गाँउपालिकाले गरेको विकास र कार्य विवरण स्थानियवासीहरुसमक्ष पुराउन समेत अनुरोध गर्नुभयो । सोही कार्यक्रमलाई सम्बोधन गदैं देवघाट गाँउपालिका उपाध्यक्ष भुवन सिंङ गुरुङले रेडियोले देवघाटले गाँउपालिकाको हरेक सुचना प्रसारण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । यसैगरी देवघाट गाँउपालिका प्रवक्ता एवं देवघाट गाँउपालिका ५ वडाअध्यक्ष पुर्ण बहादुर कुबरले रेडियोसँग सहकार्य गरेर अघि वढ्ने जनाउनुभयो । यसैबिच ईलाका प्रहरी कार्यालय देवघाटका ईन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक हरि नारायण श्रेष्ठले चाडपर्वमा अपनाउनुपर्ने सावधानीको विषयमा जानकारी गराउनुभएको थियो ।

कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने र देउती सामुदायिक वनका अध्यक्ष सुर्य न्यौपानेले रेडियोसँग सहकार्य गरी अघि वढेको र आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा देवघाट गाँउपालिका ५ वडासदस्य बुद्धि बहादुर पाण्डे,रेडियो देवघाटका कार्यक्रम उत्पादन प्रमुख विरेन्द्र गिरी लगायतले शुभकामना राख्नुभएको थियो । रेडियोका बजार प्रबन्धक गोपाल चन्द्र न्यौपानेले स्वागत मन्त्वय राख्नुभएको कार्यक्रमको सहजीकरण स्टेशन म्यानेजर सुवास लामिछानेले गर्नुभएको थियो भने कार्यक्रमको सभाअध्यक्ष रेडियोका महासचिव निरन्जन हाडाले गर्नुभएको हो । 

प्रतिकृया दिनुहोस

सिताराम संस्कृत माविको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।।

देवघाट । सिताराम संस्कृत माध्यमिक विद्यालय  भरतपुर महानगरपालिका–१ देवघाटको ४५ औं वार्षिकोत्सव एवं अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।

देवघाट सार्वजनिक पुस्ताकालयको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न ।।

देवघाट सार्वजनिक पुस्ताकालय तनहुँको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा देवघाट

देवघाट गाँउपालिकामा रक्तदान कार्यक्रम सम्पन्न , ४१ जनाले गरे रक्तदान ।।

रगतको अभाव कम हुन नदिन तनहुँको देवघाट गाँउपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न देवघाटमा