देवघाट गाँउपालिकामा रक्तदान कार्यक्रम सम्पन्न , ४१ जनाले गरे रक्तदान ।।

रगतको अभाव कम हुन नदिन तनहुँको देवघाट गाँउपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न देवघाटमा रक्तदान गरिएको हो । सामाजिक उत्तर दायित्व वहन गर्दै देवघाट गाँउपालिका र वाटर सेन्टर २१  पहलको संयुक्त आयोजना यसैगरी रोटरी क्लव अफ नारायणगढ,रोट्रयाक क्लब अफ नारायणगढ,सामुदायिक रेडियो देवघाटको समन्वयमा र नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय रक्तसञ्चार केन्द्र भरतपुर,रोटरी क्लब अफ कुपोण्डोल र लियो क्लब अफ देवघाट चौतारीको सहयोगमा रक्तदान कार्यक्रम आज (शनिबार ) गरिएको हो । देवघाट गाँउपालिका ५ झोलुङ्गेपुल नजिक आयोजित कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।

 

 रक्तदान कार्यक्रममा स्थानीयवासी, युवा, समाजसेवी, देवघाट क्षेत्रमा रहेका आश्रमका बटुक,बुद्धिजीवी,पत्रकार लगायतले रक्तदान गरेको वाटर सेन्टर २१ पहलका  प्रमुख कार्यकारी अधिकृत गुनेश्वर महतोले बताउनुभयो ।

कार्यक्रममा देवघाट गाँउपालिका अध्यक्ष तिल बहादुर थापा,अन्तराष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय सत्याल,रोटरी क्लब अफ नारायणगढका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठ,वाटर सेन्टर २१ पहलका अध्यक्ष सुमनप्रसाद शर्मा,ईलाका प्रहरी कार्यालय देवघाटका ईन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक हरि नारयाण श्रेष्ठ,लियो क्लव अफ देवघाट चौतारीका आत्मराम पाण्डे लगायतको विशेष उपस्थित रहेको थियो । 

प्रतिकृया दिनुहोस

सामुदायिक रेडियो देवघाटद्धारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न/आवाज विहिनको वास्तविक आवाज बन्न देवघाट गाँउपालिका अध्यक्ष थापाको आग्रह

सामुदायिक रेडियो देवघाटले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु नेपालीहरुको महानपर्व विजयादशमी शुभदिपावली,छठपर्व

सिताराम संस्कृत माविको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।।

देवघाट । सिताराम संस्कृत माध्यमिक विद्यालय  भरतपुर महानगरपालिका–१ देवघाटको ४५ औं वार्षिकोत्सव एवं अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।

देवघाट सार्वजनिक पुस्ताकालयको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न ।।

देवघाट सार्वजनिक पुस्ताकालय तनहुँको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा देवघाट