एनआईसी एशियाको ‘चमत्कारिक’ योजना

काठमाडौं । एनआईसी एशिया बैंकले २२ वटा चमत्कारिक विशेषता रहेको विभिन्न १५ नयाँ बचत निक्षेप योजना सार्वजनिक गरेको छ । २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा बैंकले सर्वाधिक उच्च ब्याजदरको अलवा बैंकले यस्तो योजना ल्याएको हो ।

बैंकले सबै ग्राहकलाई उपयुक्त चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरुलाई केन्द्रित गरि ल्याइएको चमत्कारिक तलब बचत खाता आम जनमानसको बचत गर्ने बानीलाई अभिवृद्धि गर्ने विश्वास बैंकले लिएको दाबी गरेको छ ।

‘बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मुल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया नेपालकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको दाबी छ ।

बैंकले सार्वजनिक गरेको निक्षेप योजनामा नेपालमै पहिलो पटक स्वीप इन-स्वीप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधा पाइने छ । यसका साथै देशैभरी रहेका कुनैपनि बैंकको कुनै पनि एटीएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा लगायत चमत्कारिक फाइदासमेत प्रदान गरिने बैंकको दाबी छ ।

प्रतिकृया दिनुहोस

कर संकलनमा एक्याप र गाउँपालिकाबीच असमझदारी

(म्याग्दी) — प्राकृतिक स्रोत, साधनमा कर उठाउने र पूर्वाधार निर्माण गर्ने विषयमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीय अन्नपूर्ण

नेप्से बढ्यो, कारोबारमा समेत सुधार

काठमाडौं । बुधबार धितोपत्र बजारमा नेप्से परिसूचक बढेको छ । साताको चौंथो दिन सेयर बजार मापक नेप्से परिसूचक २ दशमलव १ अंकले बढेर १ हजार १ सय ६५ दशमलव ८४

पूँजी बजारमा पनि विदेशी लगानी ल्याइने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारमा पनि विदेशी लगाउने भित्र्याउने योजना अघि सारेका छन् । अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक