पूँजी बजारमा पनि विदेशी लगानी ल्याइने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारमा पनि विदेशी लगाउने भित्र्याउने योजना अघि सारेका छन् । अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन लागिएको स्पष्ट पारे । 

बिहीबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एसियाली लेखा व्यवसायी महासंघको सम्मेलनको उद्घाटन गर्दै उनले पूँजी बजारको विस्तार र यसको खुलापनको लागि दक्षिण एशीयाली राष्ट्र अलि पछि परेको उल्लेख गर्दै त्यसमा पनि विदेशी लगानी आवश्यक रहेकोे तर्क गरे । अर्थमन्त्री खतिवडाले नेपालसहित दक्षिण एसियाली मुलुकहरुले विदेशी लगानी आकर्षित गरिरहेको उल्लेख गर्दैै नेपालको पनि जलविद्युत् क्षेत्र विदेशी लगानीका लागि आकर्षणको केन्द्र बन्दै गएको पनि जानकारी दिए । 

अर्थमन्त्री खतिवडाले नेपाल लगानीका लागि उपयुक्त थलो रहेको पनि दोहोर्याए । उनले लेखा परीक्षणको कामलाई स्तरोन्नति गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । ३ दिने सो सम्मेलनमा आर्थिक विकासका लागि आवश्यक लेखा प्रणालीका विविध विषयमा छलफल हुने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स (आईक्यान)का अध्यक्ष जगन्नाथ उपाध्यायले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

कर संकलनमा एक्याप र गाउँपालिकाबीच असमझदारी

(म्याग्दी) — प्राकृतिक स्रोत, साधनमा कर उठाउने र पूर्वाधार निर्माण गर्ने विषयमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीय अन्नपूर्ण

एनआईसी एशियाको ‘चमत्कारिक’ योजना

काठमाडौं । एनआईसी एशिया बैंकले २२ वटा चमत्कारिक विशेषता रहेको विभिन्न १५ नयाँ बचत निक्षेप योजना सार्वजनिक गरेको छ । २१ वर्ष पुरा गरी २२ औं वर्षमा

नेप्से बढ्यो, कारोबारमा समेत सुधार

काठमाडौं । बुधबार धितोपत्र बजारमा नेप्से परिसूचक बढेको छ । साताको चौंथो दिन सेयर बजार मापक नेप्से परिसूचक २ दशमलव १ अंकले बढेर १ हजार १ सय ६५ दशमलव ८४