डढेलोले सिड्नी प्रदूषित

भीषण डढेलोसँगै फैलिएको बाक्लो धुवाँका कारण वायु प्रदूषण ‘जोखिमयुक्त’ स्तरमा

मंसिर ४, २०७६(एजेन्सी)

सिड्नी — अस्ट्रेलियामा हालै फैलिएको भीषण डढेलोका कारण सिड्नी वरपरका क्षेत्रको वायु निकै प्रदूषित भएको छ । अधिकारीका अनुसार सिड्नी वरपरका क्षेत्रहरू बाक्लो धुवाँले छोपिएका छन् भने वायुको स्तर जोमिखयुक्त रहेको छ । सोमबार तथा मंगलबारको वायुले सहरको उत्तरतर्फबाट धुवाँ ल्याएपछि सिड्नीमा वायु प्रदूषणको मात्रा ‘जोखियुक्त’ स्तरमा पुगेको हो । 

सिड्नीको उत्तर–पश्चिम क्षेत्रमा फैलिएको डढेलो निभाउने प्रयास गरिँदै । तस्बिर : रोयटर्स

स्थानीय बासिन्दाहरूले बिहान उठ्दा आफूहरूले धमिलो आकाश देखेको र घरमा धुवाँको गन्ध आएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
न्यु साउथ वेल्स राज्यको राजधानी सिड्नी अस्टेलियाकै ठूलो सहर हो । सिड्नीमा करिब ५० लाख मानिस बस्छन् । न्यु साउथ वेल्सको उत्तरी क्षेत्रमा केही साताअघि डढेलो फैलिएको थियो ।
अस्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार डढेलोका कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको छ । अधिकारीका अनुसार डढेलो अझैसम्म पनि पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन ।
अधिकारीहरूले सिड्नीको तापक्रम केही दिन ३७ डिग्री सेल्सियस हाराहारीमा रहने जनाएका छन् । स्वास्थ्य अधिकारीहरूले स्थानीयलाई अत्यावश्यक कामबाहेक घरमै बस्न र बाहिर निस्कनै परे शारीरिक बल पर्ने काम नगर्न सुझाव दिएका छन् ।
न्यु साउथ वेल्सको एम्बुलेन्स सेवाले श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसलाई थप सचेत हुनु आग्रह गरेको छ । ‘धुवाँ अझै केही दिनसम्म रहने निश्चित छ,’ न्यु साउथ वेल्सको ग्रामीण अग्नि सेवाका अधिकारीले भनेका छन् । गत साता नजिकैका भागहरूमा डढेलो फैलिएपछि सिड्नीमा यसअघि नदेखिएको खतरा देखिएको हो । सहरका केही भागमा वायुको गुणस्तर अस्ट्रेलियाले तोकेको कम्तीमा आठ गुणा बढी मापन भएको छ । खासगरी मंगलबार बढेको प्रदूषणको मुख्य कारण डेढ सय किलोमिटर टाढाको बोलेमी राष्ट्रिय निकुञ्जको एक लाख ५० हजार हेक्टरमा फैलिएको डढेलो भएको अधिकारीहरूको भनाइ छ । सिड्नीको उत्तरी क्षेत्रमा नोभेम्बर ८ देखि सक्रिय डढेलो विभिन्न ५० स्थानमा फैलिएको छ ।
अधिकारीका अनुसार डढेलोका कारण कम्तीमा ४ सय ६८ संरचना ध्वस्त भइसकेका छन् । डढेलो फैलिएको क्षेत्रवरपरका बासिन्दा करिब तीन सातादेखि बाक्लो धुवाँ र वायु प्रदूषणको सिकार हुँदै आएका छन् । अधिकारी आगामी केही साता डढेलो थप बढ्न सक्ने आशंका गरेका छन् ।

छिमेकी राज्य क्विन्सल्यान्ड बढ्ने तापक्रमका कारण डढेलो झन् खतरनाक हुन सक्ने जनाइएको छ । साउथ अस्ट्रेलिया सरकारले डढेलोबाट ‘विनाशकारी’ खतरा आउन सक्ने भन्दै चेतावनी जारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । साउथ अस्ट्रेलियाको राजधानी एडिलेडमा बुधबारको तापक्रम ४२ डिग्री सेल्सियस पुगेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स चढेको कार दुर्घटना

क्यालिफोर्नियाको लस एन्जिलिसमा भएको कार दुर्घटनामा अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स गम्भीर घाइते भएका छन् । टाइगर वुड्सको खुट्टामा

थाइल्याण्डमा १७ सर्वधारणको हत्या

कार्तिक २१, २०७६एएफपी बैंकक — दक्षिणी थाइल्याण्डमा मुस्लिम विद्रोहीको आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रका

अमेरिकाको युद्धविराम प्रस्ताव टर्कीद्वारा अस्वीकार

टर्की — उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले अस्वीकार गरेका छन् । अमेरिकी