कालिका सामुदायिक वन उपभोक्ता समुहको २८ औ वार्षिक साधारणसभा सम्पन्न ।

कालिका सामुदायिक वन उपभोक्ता समुहको २८ औ वार्षिक साधारणसभा सम्पन्न ।

देवघाट ,कार्तिक ११

देवघाट गाउँपालिका ५ न वडामा अवस्थित कालिका सामुदायिक वन उपभोक्ता समुहको २८ औ साधारणसभा सामुदायिक वनको कार्ययोजना दिगो वन व्यवस्थापन र वन संरक्षण र उत्पादनमा जोड दिने विषयमा छलफल सहित कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि एवं देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले कार्यक्रम को उदघाटन गर्नु हुँदै आफ्नो शुभकामना मन्तव्यमा देवघाट गाउँपालिकामा स्थपित वन उपभोक्ता समुहहरुले दैनिक उपभोग्य वस्तुहरु जस्तै जडिबुटी ,तरकारी खेती हरु गरि उत्पादन गरि वितरण गर्नु पर्ने सल्लाह सुझाव दिनु भयो।

स्थानीय उपभोक्ता वन समूह हरुलाई प्राविधिक सहयोगको लागि देवघाट गाउँपालिका हमेशा तयार रहेको र स्थानीय स्तरमा सब डिभिजन बन कार्यालय सङ्ग पनि सहकार्य गरि उपभोक्ता वन समूह अगाडि बढ्नु पर्ने सल्लाह सुझाव दिनु भयो।

साथै वहाँले राष्ट्रिय र जिल्ला स्तरमा उत्कृष्ट भइ पुरस्कार प्राप्त गर्न सफल मधुबन र सीता सामुदायिक वनको उदाहरण दिनु हुँदै अरु सामुदायिक वनहरुले वहाँहरुबाट शिक्षा लिएर वन व्यवस्थापन संरक्षण पैदावार र उत्पादन लाई जोड दिनु पर्ने बताउनु भयो।

मधुबन सामुदायिक वन का अध्यक्ष डिल्लीराम गिरीले सामुदायिक बनहरुले कार्ययोजना अनुसार वन व्यवस्थापन ,वन पैदावार ,अवैध चोरीनिकासी नियन्त्रण र खाली जग्गामा वृक्षारोपण जस्ता कार्य गर्नु पर्ने बताउनु भयो।

कालिका सामुदायिक वनका पुर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार कृष्ण राज न्यौपानेले वनलाई संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय सब डिभिजन र संबंधित निकाय सङ्ग सहकार्य गरि कार्यक्रम अगाडि बढाउनुपर्न बताउनु भयो।

जिल्ला वन उपभोक्ता महासंघ का सदस्य भोजराज नैनावस्तीले विगत लामो समय देखि आफू कालिका सामुदायिक वनको सचिव र अध्यक्ष पदमा कार्य गरेको अनुभव सुनाउनु हुँदै वन ऐन र नियमावली अनुसार कार्यसमिति र उपभोक्ता समुहले कार्य निर्धारण गरि अगाडि बढ्नु पर्ने बताउनु भयो।

सब डिभिजन वन देवघाट का कार्यालय प्रमुख नवीन विश्वकर्माले वन पैदावारलाई अगाडि बढाउन कार्यविधि अनुसार अनुसरण गर्दै वन क्षेत्रमा विकृत अवस्थामा रहेका काठ दाउरा लाई हटायेर ,नयाँ वृक्षरोपण गर्नु पर्ने विषयमा जोड दिनु भयो ।

साथै वन ऐन र नियमावली अनुसार सामुदायिक वनहरुले साधारणसभाको आयोजना गरि गत वर्षको आर्थिक प्रतिवेदन पेश गरेर पारित गरेर मात्र लेखा परिक्ष्ण गराउनु पर्ने साथै हाल पेश भएको प्रतिवेदन लाई शिर्षक अनुसार सच्च्याउनु पर्ने बताउनु भयो। सामुदायिक वन हरु सङ्ग सहकार्य र सहयोगको लागि सब डिभिजन बन कार्यालय सदैव तयार रहेको बताउनु भयो

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सचिव केशव चन्द्र न्यौपानेले सामुदायिक वनहरुको कार्यक्षेत्र ,निति कार्यक्रमको बारेमा प्रकाश पार्नु हुँदै संघ ,प्रदेश र स्थानीय सरकार जस्तै सामुदायिक वनहरु सङ्ग पनि कार्य गर्ने अधिकार रहेको बताउबु भयो।विगतमा सरकारले सामुदायिक वनहरुको अधिकार र सेवा सुविधा लाई कटौती गरि अवैध कर लगाउने कार्य गरेको मा सामुदायिक उपभोक्ता महासंघको विरोध पछि त्यसलाइ हटाइएको जानकारी गराउनु भयो।

देवघाट गाउँपालिका प्रवक्ता एवं वडा न ५ अध्यक्ष पुर्ण बहादुर कुंवरले वडा कार्यालयले स्थानीय स्तरमा वडा अन्तर्गत २१ वटा टोल र ९ वटा सामुदायिक वन हरुलाइ सहयोग गर्दै आइरहेको जानकारी गराउनु भयो।

कार्यक्रममा वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन सचिव निस्मा थापा,आर्थिक प्रतिवेदन कोषाध्यक्ष सिर्जना पाण्डेय तथा भावी निति कार्यक्रम तथा योजना अध्यक्ष अमर बहादुर फेवाली ले प्रस्तुत गर्बु भएको थियो ।

साथै विपन्न परिवारलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम अनुसार बज्रयोगिनी मा वि मा अध्ययनरत २ विद्यार्थी गृस्मा थापा र रोहित बोटे लाई स्टेसनरी सामान हरु वितरण गरिएको थियो ।

तस्बिर : रेडियो देवघाट

 

प्रतिकृया दिनुहोस

देवघाट गाउँपालिका वडा न ५ सुन्दरशिल टोल निवासी दल बहादुर गुरुङको भान्साघरमा आगलागी बाट क्षति ।

देवघाट गाउँपालिका वडा न ५ सुन्दरशिल टोल निवासी दल बहादुर गुरुङको भान्साघरमा आगलागी बाट क्षति । देवघाट कार्तिक ११ देवघाट गाउँपालिका वडा न ५

सुत्केरी आमा विमला भुजेल लाई वडा कार्यालय बाट सुत्केरी प्रोत्साहन भत्ता सहयोग स्वरुप नगद रु ५००० (अक्षरेपी रु पाँच हजार ) ४ न वडा अध्यक्ष मित्र लाल गुरुङ द्वारा आइतबार प्रदान

देवघाट गाउँपालिका वडा नम्बर ४ अन्तर्गत सिचाङँ स्वास्थ्य चौकीमा सुत्केरीको लागि भर्ना हुनुभ्एकी स्थानीय निवासी बिमला भुजेल लाई स्वास्थ्य चौकीमा

व्यवसायिक लगानी तथा समुदायमा आर्थिक उन्नतिका लागि प्रतिबद्धताका साथ हरिहर सहकारीको ११औ वार्षिक साधारणसभा सम्पन्न ।

व्यवसायिक लगानी तथा समुदायमा आर्थिक उन्नतिका लागि प्रतिबद्धताका साथ हरिहर सहकारीको ११औ वार्षिक साधारणसभा सम्पन्न ।   हरिहर बचत तथा ऋण सहकारी

↑