अमेरिकाको युद्धविराम प्रस्ताव टर्कीद्वारा अस्वीकार

टर्की — उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले अस्वीकार गरेका छन् । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै टर्की जाने तयारी गरिरहेको बेला राष्ट्रपति एर्डोगानको त्यस्तो भनाइ सार्वजनिक भएको हो ।सिरियाली सेनाले उत्तरी सिरियाको मन्बिज शहरमा प्रवेश गर्नु 'धेरै नकारात्मक' नभएको, तर सो क्षेत्रबाट सिरियाली कुर्द लडाकुहरूलाई हटाइने सकारात्मक भएको एर्डोगानले बताएका छन्। अमेरिकाले आफूहरुलाई युद्धविराम घोषणा गर्न भने पनि आफूहरुले कहिले पनि युद्धविराम घोषणा नगर्ने अजरबैजानबाट फर्किनु भएका एर्डोगानले पत्रकारहरूलाई बताएका छन्। पेन्सले बिहीबार एर्डोगानलाई भेट गर्ने, अमेरिकाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। कुनै समाधान नहुन्जेलसम्म टर्कीमा 'आर्थिक प्रतिबन्ध लगाइने' ट्रम्पको प्रतिबद्धता दोहोर्‍याइने बताइएको छ। अमेरिकाले आफूहरुले सञ्चालन गरेको कुर्दविरुद्धको कारबाही रोक्न दबाब दिइरहेको तर आफूहरुको स्पष्ट लक्ष्य रहेको एर्डोगानले बताका छन्। अमेरिकी प्रतिबन्धको विषयको कुनै चिन्ता नभएको उनले बताए। सिरियाली कुर्द लडाकूहरूविरुद्धको आक्रमणलाई अन्त्य गर्न माग गर्दै अमेरिकाले मंगलबार टर्कीमाथि आर्थिक प्रतिबन्धहरु लगाएको थियो। उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो। उत्तरपूर्वी सिरियाको कुर्दिश लडाकूको नियन्त्रणमा रहेको इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ। राष्ट्रपति ट्रम्पका रिपब्लीकन सांसदहरूले समेत इस्लामिक स्टेट समूहबिरुद्ध लड्न अग्रसर भएका कुर्दहरूलाई मझधारमा छाडेको आरोप लगाएका छन्। अमेरिकाले टर्कीका दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरू समेत रोकेको जनाएको छ। टर्कीले केही यताबाट उत्तर र उत्तरपूर्वी सिरियामा गरेको आक्रमणपछि करिब एक लाख मानिस विस्थापित भएका छन्। टर्कीको आक्रमणपछि पूर्वी सिरियामा कुर्दिस विद्रोहीसँगको सम्झौतापछि सिरियाली सेना सीमाक्षेत्रमा पुगेको छ। सेनाको प्रवेशपछि टर्की र सिरियाली सेनाबीच सङ्घर्ष हुन सक्ने आशङ्का गरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा विवादास्पद कदमका रुपमा उत्तरी सिरियाबाट एक हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरेको केही दिनपछि नै टर्कीले आक्रमण थालेको थियो।

प्रतिकृया दिनुहोस

अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स चढेको कार दुर्घटना

क्यालिफोर्नियाको लस एन्जिलिसमा भएको कार दुर्घटनामा अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स गम्भीर घाइते भएका छन् । टाइगर वुड्सको खुट्टामा

डढेलोले सिड्नी प्रदूषित

भीषण डढेलोसँगै फैलिएको बाक्लो धुवाँका कारण वायु प्रदूषण ‘जोखिमयुक्त’ स्तरमा मंसिर ४, २०७६(एजेन्सी) सिड्नी — अस्ट्रेलियामा हालै फैलिएको भीषण

थाइल्याण्डमा १७ सर्वधारणको हत्या

कार्तिक २१, २०७६एएफपी बैंकक — दक्षिणी थाइल्याण्डमा मुस्लिम विद्रोहीको आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रका