थाइल्याण्डमा १७ सर्वधारणको हत्या

कार्तिक २१, २०७६एएफपी

बैंकक — दक्षिणी थाइल्याण्डमा मुस्लिम विद्रोहीको आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रका तीनवटा प्रान्तमा १५ वर्षयता जारी विद्रोहका कारण हालसम्म सात हजारभन्दा बढीको ज्यान गइसकेको छ ।


मलाया–मुस्लिम विद्रोहीले बढी स्वायत्तताको माग राखी सशस्त्र आन्दोलन गरिरहेका हुन।यो क्षेत्रमा थाई सरकारले सैनिक कानुन लगाएको छ। यहाा सैनिक र प्रहरीको बाक्लो उपस्थिति रहनुका साथै तालिमप्राप्त नागरिक स्वयमसेवी परिचालन गरिएको छ। स्थानीयबासी र अधिकारकर्मीले सैनिक कानुनका कारण सर्वसाधारणले कठिनाई भोग्नुपरेको बताउादै आएका छन्। गत मङ्गलबार विद्रोहीले याला प्रान्तका दुई वटा जााच चौकीमा आक्रमण गरेका थिए।

सेनाका प्रवक्ता प्रमोट प्रोम–इनले आक्रमणका कारण १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाए। आक्रमणकारीले एम–१६ राइफल र सटगनसमेत लुटेर लगेको जानकारी दिादै उक्त क्षेत्रमा सैनिक परिचालन गरिएको र आक्रमणकारीको खोजी तीब्र बनाएको बताए।

प्रतिकृया दिनुहोस

अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स चढेको कार दुर्घटना

क्यालिफोर्नियाको लस एन्जिलिसमा भएको कार दुर्घटनामा अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स गम्भीर घाइते भएका छन् । टाइगर वुड्सको खुट्टामा

डढेलोले सिड्नी प्रदूषित

भीषण डढेलोसँगै फैलिएको बाक्लो धुवाँका कारण वायु प्रदूषण ‘जोखिमयुक्त’ स्तरमा मंसिर ४, २०७६(एजेन्सी) सिड्नी — अस्ट्रेलियामा हालै फैलिएको भीषण

अमेरिकाको युद्धविराम प्रस्ताव टर्कीद्वारा अस्वीकार

टर्की — उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले अस्वीकार गरेका छन् । अमेरिकी