देवघाट बचत तथा ऋण सहकारी संस्था को १५ औ वार्षिक साधारणसभा भव्य कार्यक्रमका साथ सम्पन्न

देवघाट बचत तथा ऋण सहकारी संस्था को १५ औ वार्षिक साधारणसभा भव्य कार्यक्रमका साथ सम्पन्न ।

देवघाट ,कार्तिक १५

देवघाट गाउँपालिका वडा न ५ मा स्थापित देवघाट बचत तथा ऋण सहकारी संस्था लि को १५ औ वार्षिक साधारणसभा देवघाट गाउँ पालिका वडा न ५ मा स्थित रानीवन सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष अर्जुन अधिकारीको सभा अध्यक्षतामा सन्चालन भएको थियो ।

प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले कार्यक्रमको उदघाटन गर्नु हुँदै देवघाट गाउँपालिकामा शुरुमा वित्तिय संस्था र बैकको अभाब हुँदा स्थानीय वासीहरुले निकै कठिनाइ भोग्नु परेको उतिबेला पक्कीपुलको निर्माण नहुदा डुङ्गा बाट वारपार हुनुपर्ने बाध्यता लाई समाप्त पार्दै हाल जताततै पक्की बाटो र पुलको निर्माण भए पश्चात बैक र सहकारीको स्थापना भएको अनुभव बताउनु हुँदै हाल सबै शेयर सदस्यहरुले सहकारीमा बचत जम्मा गर्ने र ऋण लिने सुविधा प्राप्त गर्नु भएकोमा गर्व महसुस गर्नु भयो। साथै वहाँले हाल देशका धेरै जसो स्थानना अन्य सहकारीले गरेको लापरबाही र ठगी को कारण शेयर सदस्यहरुमा निराशा छायेको तथा देवघाट गाउँपालिका ५ मा संचालित सहकारीहरुले उत्कृष्ट जार्य गरेकोमा सबै सहकारी कर्मीहरुलाइ धन्यवाद व्यक्त गर्नु भयो। साथै वहाँले सहकारी संचालकले शेयर सदस्यलाई ऋण लगानी गर्दा उचित प्रशिक्षण र उत्पादनमुलक र उपलब्धिपूलक व्यवसायमा ऋण लगानी गरि उनीहरुलाई आत्मनिर्भर बनाउन सल्लाह सुझाव दिनु भयो।

देवघाट गाउँपालिका कार्यालय सहकारी शाखा प्रमुख कृष्ण राज पन्तले संस्था द्वारा प्रस्तुत आर्थिक कारोबार र वार्षिक प्रतिवेदन अध्ययन गर्दा संस्थाले उत्कृष्ट कारोबार गरेको बताउनु भयो। वहाँले देवघाट गाउँपालिकामा संचालित सबै १६ वटा सहकारीहरुले सहकारी ऐन र नियमावली अन्तर्गत रहेर शेयर सदस्य हरुलाइ प्रशिक्षण , र आयमुलक कार्यमा लगानी गरि आत्मनिर्भर बनाउन सल्लाह र सुझाव दिनु भयो।साथै प्रत्येक आर्थिक वर्षमा संस्थाको प्रतिवेदन देवघाट गाउँपालिकामा निर्धारित समयमा पेश गर्नुपर्ने बताउनु भयो

अन्य शुभकामना मन्तव्य प्रस्तुत गर्नुहुनेमा देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिंह गुरुङ , वडा न ५ का अध्यक्ष पुर्ण बहादुर कुंवर ,हरिहर बचत तथाऋण सहकारी का अध्यक्ष किरण सुवेदी ,संस्थाका पुर्व अध्यक्ष शिक्षाविद वासुदेव तिवारी ,कविलास इङ्ग्लिस स्कुलका प्रिन्सीपल चन्द्रदेव तिवारी , चक्रवर्ती उद्यमी महिला सहकारी का अध्यक्ष सावित्री न्यौपाने ,देवघाट सामाजिक संजाल का उपाध्यक्ष सान श्रेष्ठ ,रानीबन सामुदायिक बनका अध्यक्ष टुक नाथ अधिकारीले संस्थाको उन्नति प्रगति को कामना सहित आउदै गरेको शुभ दीपावली छठ पर्व र नेपाल सम्वतको उपस्थित सबैमा शुभकामना व्यक्त गर्नु भयो।

कार्यक्रममा लक्की ड्रा मार्फत ५ पटक सम्म बिजेता उपस्थित अतिथि र शेयर सदस्य हरुलाइ पुरस्कार वितरण सहित सम्मान गरिएको थियो ।

साथै साधारणसभामा सबै भन्दा पहिला उपस्थित हुनुहुने शेयर सदस्य टुकनाथ अधिकारीलाइ सम्मान गरिएको थियो ।

संस्थामा नियमित कर्जा किस्ता भुक्तान गर्ने कार्यमा उत्कृष्ट द्व्य शेयर सदस्य ज्ञानी सरा आले र विष्णु हरितिवारी लाई नगद र प्रशसापत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष प्रशन्न ढकालले तथा वार्षिक प्रतिवेदन अध्यक्ष अर्जुन अधिकारीले प्रस्तुत गर्नुभएको थियो। साथै कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,विशिष्ट अतिथि अतिथिहरु उपस्थित सबै शेयर सदस्य हरुला लेखा संयोजक भिम प्रसाद सापकोटाले धन्यवाद सहित आभार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण सम्राट अधिकारीले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

सीता सामुदायिक वन उपभोक्ता समुहको २७औँ वार्षिक साधारणसभा सम्पन्न!

सीता सामुदायिक वन उपभोक्ता समुहको २७औँ वार्षिक साधारणसभा सम्पन्न! देवघाट कार्तिक १५ देवघाट गाउँपालिका वडा न ५ मा स्थापित तनहुँ जिल्लामा वर्ष

देवघाट गाउँपालिका वडा न ५ सुन्दरशिल टोल निवासी दल बहादुर गुरुङको भान्साघरमा आगलागी बाट क्षति ।

देवघाट गाउँपालिका वडा न ५ सुन्दरशिल टोल निवासी दल बहादुर गुरुङको भान्साघरमा आगलागी बाट क्षति । देवघाट कार्तिक ११ देवघाट गाउँपालिका वडा न ५

कालिका सामुदायिक वन उपभोक्ता समुहको २८ औ वार्षिक साधारणसभा सम्पन्न ।

कालिका सामुदायिक वन उपभोक्ता समुहको २८ औ वार्षिक साधारणसभा सम्पन्न । देवघाट ,कार्तिक ११ देवघाट गाउँपालिका ५ न वडामा अवस्थित कालिका सामुदायिक वन

↑