देवघाट गाउँपालिका वडा न ५ सुन्दरशिल टोल निवासी दल बहादुर गुरुङको भान्साघरमा आगलागी बाट क्षति ।

देवघाट गाउँपालिका वडा न ५ सुन्दरशिल टोल निवासी दल बहादुर गुरुङको भान्साघरमा आगलागी बाट क्षति ।

देवघाट कार्तिक ११

देवघाट गाउँपालिका वडा न ५ सुन्दरशिल टोल विकास संस्था स्वाभिमान मार्ग स्थानीय निवासी दल बहादुर गुरुङको भान्साघरमा मङ्गलबार रात्रि करिब १० बजे बिजुली शर्ट भएर पुर्ण रूपमा खाद्यान्न , भांडा वर्तनहरु जलेर नष्ट भएको अग्नि पीडित दल बहादुर गुरुङले हामीलाई जानकारी गराउनु भयो।

रात्रि समयमा आगलागी हुने बित्तिकै सबै भन्दा नजिक का छिमेकी समाजसेवी एवं राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट गाउँपालिका का सभापति एवं अन्य स्थानीयवासी हरुको सहयोगमा करिब आधा घण्टा पछि आगो नियन्त्रणमा लिन सफल भएको गुरुङले बताउनु भयो। साथै आगलागी बाट रु डेढ लाख बराबरको आर्थिक क्षति भएको गुरुङले बताउनु भयो।

उक्त क्षतिबारे जानकारी प्राप्त भए पछि आज बिहान देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाको नेतृत्वमा गाउँपालिकाको तर्फबाट र अन्य स्थानीय समाजसेवी व्यक्तिहरुको उपस्थितिमा राहत सहयोगस्वरुपभांडावर्तन ,खाद्यान्न ,आदि पीडितको घरमा पुगि वहाँलाई हस्तान्तरण गर्नु भएको छ।

वहाँलाई आर्थिक सहयोग गर्न इच्छुक महानुभाव हरुले कृपया निम्न मोबाइल नम्बरमा सम्पर्क गर्नु हुन पीडित गुरुङले सबै सङ्ग अनुरोध गर्नु भएको छ।

नाम दल बहादुर गुरुङ

ठेगाना : देवघाट गाउँपालिका वडा न ५

घिनाटार ,सुन्दरशिल टोल विकास संस्था

मोबाइल नम्बर ९८४२०८७०४७

तस्बिर , भिडियो : रेडियो देवघाट

 

प्रतिकृया दिनुहोस