शुभकामना कार्यक्रममा दाहालले भने : 'पार्टीलाई अल्सर भएको छ'

चितवन — सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कार्य समिति चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका गतिविधिहरु प्रति असन्तोष प्रकट गरेका छन् । उनले पार्टीमा क्यान्सर नै नलागेको तर धुलो मैलो बढेको, ग्याष्ट्रिक र अलिअलि अल्सर लाइसकेको भनेर चिन्ता जाहेर गरे । त्यसैले पार्टीलाई कम्युनिष्ट पार्टी जस्तो बनाउन आफू आन्दोलनमा लाग्ने पनि उनले बताए । उनको असन्तोष विशेष गरेर चितवनमा पछिल्ला समयमा भएका केही गतिविधिप्रति केन्द्रित थियो । आत्महत्याहत्या दुरुत्साहन मुद्दामा रवि लामिछाने पक्राउ परेपछि भएका प्रदर्शनमा अध्यक्ष दाहाल विरुद्ध भाषण र नारावाजी भए । त्यसै गरी ज्ञानेन्द्र शाहीले भ्रष्टाचारको विरोधमा भन्दै गरेका कार्यक्रममा पनि दाहाल लक्षित टिप्पणी हुने गर्छ । जिल्लाको पेशागत संगठनको निर्वाचनमा नेकपा निकट व्यक्तिहरु पराजितसमेत भएका छन् । ‘गएको निर्वाचनमा चितवन जिल्लाको कुरा गर्दा यहाँका प्रदेश र संघीय संसदको निर्वाचनमा सवै सिट जनताले ल तथास्तु राम्रो गर भनेर हाम्रै झोलीमा हाल्देका हुन् । तर यो डेढ वर्षपछि चितवन नै के भएको छ भनेर हेर्‍यो भने फेरि अराजकताको, अस्तव्यस्तताको केन्द्र बनाउने र देशभरीका प्रतिगामी आएर खेल्ने ठाउँ हुने त हैन भन्ने डर पैदा भएको छ’ दाहालले भने । अराजकताका पछाडी ताली लगाउँदै कार्यककर्ता हिँडेको पनि उनले बताए । उनले हालै हुने गरेका चुनावमा कम्युनिष्ट पार्टीका मान्छेहरु आपसमा मिलेको नदेखिएको बताए । केही समयअघि निर्माण व्यवसायी संघ चितवनको कार्य समितिको निर्वाचनमा दाहालका आफन्त अध्यक्ष पदमा उठेका थिए । संघमा नेकपा समर्थकको बाहुल्य रहे पनि नेकपाले अध्यक्ष पद जित्न सकेन । पूर्व एमाले पक्षधरहरुले अध्यक्ष पदमा नसघाएको आरोप प्रत्यारोपलाई बल पुग्ने गरेर दाहालले मन्तब्य राखे । ‘मैले आज भोलि भएका चुनावको कुरा गर्दै छु । मिलेको देख्या छैन । बरु एकले अर्कालाई कसरी टाट्नोमा पार्ने, कसरी एकले अर्कालाई तेजोबध गर्ने भने जस्तो देखिन्छ’ दाहालले भने । पार्टीको जिल्ला कार्य समितिले दसैं, तिहारसहित देशभित्र मनाइने सवै जातजातिका पर्वहरुको सन्दर्भ पारेर शुभकामाना कार्यक्रम राखेको थियो । जहाँ दाहाल शुभकामानामा मात्रै केन्द्रित नभएर आचरण र अनुशानको कक्षा नै चलाए । उनले चीनका राष्ट्रपतिसँग भएको भेटघाटको प्रशंग निकाल्दै भने ‘सीले आफ्नो पार्टीमा करोडौं पार्टी सदस्यहरु भएको र सवैले पार्टीको निर्णय शिरोपर गर्छन भन्नु भयो । उहाँले कतै हामीलाई आलोचना गरेको पो हो कि झै लाग्यो । हाम्रोमा त पार्टीको अनुशासनभन्दा पनि गुटको अनुशान मान्ने प्रवृत्ति हावी छ ।’ पार्टीमा क्यान्सर नै नलागेको झै ठुलो समस्या नरहेको हुँदा सुधारको सम्भावना भने रहेको उनले बताए । सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफ्ना प्रतिवद्धाताहरु बिर्सने, जनताबाट टाढा हुने रोग विश्वव्यापी समस्याको रुपमा रहेको उनले बताए । ‘हामीलाई प्रतिकृयावादीबाट खतरा छैन । हामी आफै बिग्रिए उनीहरुले केही गर्नै पर्दैन । सोभियत संघ कुनै गुण्डाले आन्दालन गरेर ढलेको हैन । प्रतिक्रान्ति हाम्रै कारणले हुने खतरा रहन्छ । त्यसैले प्रतिक्रान्ति रोक्न, समाजवादको उद्देश्यमा पुग्न, पार्टीलाई कम्युनिष्ट पार्टी जस्तो बनाउन जिवनको उत्तराद्र्धमा पुगे पनि एक पटक आन्दोलन गर्न म तयार छु । र हामीले जित्छौं पनि,’ दाहालले भने ।

प्रतिकृया दिनुहोस

बसाइँसराइ रोक्न गाउँको विकास गर्नुपर्छ : नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँबाट सहरमा बसाइँसराइ रोक्नका लागि गाउँको विकासलाई प्राथमिकता दिन आवश्यक रहेको बताए

हिँड्दाहिँड्दै बेहोस भएका डाक्टरलाई कोरोना पुष्टि, उपचार गर्न भारत लगियो

५ असोज, विराटनगर । सडकमा हिँडिरहेको बेला एक्कासी बेहोस भएका विराटनगरका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको बच्चा