बसाइँसराइ रोक्न गाउँको विकास गर्नुपर्छ : नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँबाट सहरमा बसाइँसराइ रोक्नका लागि गाउँको विकासलाई प्राथमिकता दिन आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस देवघाटले बुधबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताए । “गाउँमा रोजगारी र गाउँमै आम्दानी भए मानिसहरु सहर झर्नु पर्दैन”, उनले भने, “गाउँमा विकास र रोजगारको व्यवस्था नहुँदा गाउँ उजाड बन्दै गएको छ ।”

नेपाल सरकारले ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ थियो । मानिसहरु सुविधा र रोजगारी खोज्दै सहरमा बसाइँसराइ गर्ने क्रम बढेको उल्लेख गर्दै नेता पौडेलले त्यसलाई रोक्न गाउँमै रोजगारी र आम्दानीको अवसर दिन आवश्यक रहेको बताए ।

नेपाल प्रकृतिको धनी हुँदाहुँदै पनि मानिसहरु विकास खोज्न भौँतारिएको चर्चा गर्दै नेता पौडेलले गाउँको विकासका लागि आफू सक्रिय रुपमा लागेको बताए । देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको केन्द्रका रुपमा विकास गर्नुपर्ने भन्दै नेता पौडेलले विगतमा अवरुद्व भएका विकासका कामलाई निरन्तरता दिँदै नयाँ विकासका योजनालाई तीव्र गतिमा अघि बढाइने उनले बताए ।

नेता पौडेल यही साउन ८ गतेदेखि तालिका नै बनाएर जिल्लाको व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न वडामा पुगी कार्यकर्तासँग भेटघाट गरेका थिए । रासस

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस देबघाट गाउँपालिका स्तरीय् वडा समितिको अधिबेशन सम्पन्न

नेपाली कांग्रेस देबघाट गाउँपालिका स्तरीय् वडा समितिको अधिबेशन सम्पन्न भएको छ। पाँच बटै वडा मा सर्वसम्मत विजयी वडा सभापति हरु क्रमशः वडा न १ मा

हिँड्दाहिँड्दै बेहोस भएका डाक्टरलाई कोरोना पुष्टि, उपचार गर्न भारत लगियो

५ असोज, विराटनगर । सडकमा हिँडिरहेको बेला एक्कासी बेहोस भएका विराटनगरका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको बच्चा

↑