व्यवसायिक लगानी तथा समुदायमा आर्थिक उन्नतिका लागि प्रतिबद्धताका साथ हरिहर सहकारीको ११औ वार्षिक साधारणसभा सम्पन्न ।
व्यवसायिक लगानी तथा समुदायमा आर्थिक उन्नतिका लागि प्रतिबद्धताका साथ हरिहर सहकारीको ११औ वार्षिक साधारणसभा सम्पन्न ।
हरिहर बचत तथा ऋण सहकारी संस्था लिमिटेड देवघाट ५ तनहुँको ११ औ वार्षिक साधारणसभा को उदघाटन गर्नु हुँदै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले देवघाट गाउँपालिकामा स्थापित १६ वटा सहकारी संस्थाहरुले स्थानीय स्तरमा बैकको कार्य संचालन गरिरहेको उल्लेख गर्नु हुँदै संस्थाले शेयर सदस्यहरु बाट वचत संकलन गर्ने र सामान्य घरेलु कामको लागि ऋण लगानी मा मात्र सिमित रहेको बताउनु हुँदै सहकारीको उन्नति प्रगतिको लागि सहकारीमा जम्मा पुंजी लाई व्यवसायिक तथा सीपमूलक काममा लगानी गर्नु पर्ने बताउनु भयो।
देवघाट बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष अर्जुन अधिकारीले विगत केहि वर्ष यता सहकारी प्रति आम जनसमुदायमा नकारात्मक प्रचार भएको बताउनु हुँदै देवघाट मा स्थापित सहकारीहरुले शेयर सदस्यहरुको हक हितको लागि आर्थिक उन्नति र प्रगतिको लागि कार्यहरु गर्दै आइरहेको बताउनु भयो।साथै वहाँले हरिहर सहकारी जिल्ला सहकारी संघ र राष्ट्रिय सहकारी बैकमा आवद्ध भएर थप सेवा प्रवाह गर्नु पर्ने सल्लाह सुझाव दिनु भयो ।
देवघाट गाउँपालिका सहकारी तथा कार्यक्रम प्रमुख कृष्णराज पन्तले आफ्नो शुभकामना मन्तव्यमा संस्थाले रु ४ करोडको पुंजी जम्मा गरेर राख्ने र सामान्य घरेलुुकाममा सिमित रकम लगानी गर्दा जम्मा पुजी संस्थामा रहदा संस्थाको आर्थिक प्रगति स्थिर हुने हुदा शेयर सदस्य लाई सिपमुलक काममा प्रशिक्षण दियेर व्यवसायिक रुपले ऋण प्रवाह गर्नु पर्ने साथै शेयरसदस्य हरुको कारोबारको अनुगमन गर्नु पर्ने र गाउँपालिका कार्यालय सङ्ग समन्वय गरि कार्यक्रम अगाडि बढाउनु पर्ने बताउनु भयो।
सहकारीका संस्थापक अध्यक्ष भोजराज नैनावस्तीले संस्थाको स्थापना कालमा शेयर र सदस्य बनाउन निकै कठिन र चुनौती हरु रहेको बताउनु हुँदै सामाजिक स्तरमा संस्थाले बचतकर्ता हरुको समस्यालाई समाधान गर्दै ऋण लगानी गरि आर्थिक स्तरमा अगाडि बढ्दै जादा अहिले संस्थाले व्यवस्थित रुपमा कारोबार गरिर्हेकोमा सन्तोष व्यक्त गर्नु भयो।
कार्यक्रममा संस्थाका उत्कृष्ट शेयर सदस्य पुर्व पदाधिकारी , वचतकर्ता ,कर्मचारीहरुलाइ उत्कृष्ट कार्यको लागि सम्मानपत्र द्वारा सम्मानित गरिएको थियो ।
वर्ष २०८२/८३ को प्रगति तथा आर्थिक प्रतिवेदन सचिव अनिल मिश्र तथा भावी नीति कार्यक्रम तथा योजनाको बारेमा अध्यक्ष किरण सुवेदीले प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त प्रतिवेदन लाई उपस्थित शेयर सदस्यहरुले पारित गर्नु भएको थियो ।
तस्बिर : रेडियो देवघाट
See less
देवघाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १६ औ वार्षिक साधारणसभा सम्पन्न !
देवघाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १६ औ वार्षिक साधारणसभा सम्पन्न ! स्व्च्छ पानी ,स्व्च्छ जीवन भन्ने मूल नारा सहित देवघाट खानेपानी तथा
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा श्री पार्वती माध्यमिक विद्यालय देवघाट गाउँपालिका वडा न १ कोटाका शिक्षक कर्मचारी बाट रू ६५,१६९ र विद्यार्थीहरुबाट रु ७५४० सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा दाखिला
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा श्री पार्वती माध्यमिक विद्यालय देवघाट गाउँपालिका वडा न १ कोटाका शिक्षक कर्मचारी बाट रू ६५,१६९ र
कालिका माध्यमिक विद्यालय पुर्व विद्यार्थी समिति द्वारा शैक्षिक सामाग्री वितरण !
कालिका माध्यमिक विद्यालय पुर्व विद्यार्थी समिति द्वारा शैक्षिक सामाग्री वितरण ! देवघाट असोज १३ कालिका माध्यमिक विद्यालय देवघाट ५ क्युदी तनहुँ






प्रतिकृया दिनुहोस