बृहत तीज उत्सव २०७९ को पुर्व सन्ध्यामा आज आमा समुहहरुसँग छलफल कार्यक्रम सम्पन्न ।।


रेडियो देवघाटको आयोजनामा हुने बृहत तीज उत्सव २०७९ को पुर्व सन्ध्यामा आज आमा समुहहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । रेडियो देवघाटका अध्यक्ष विजयराज शर्मा भुषालको सभाअध्यक्षतामा भएको कार्यक्रममा रेडियो देवघाटले आयोजना गरेको तीज उत्सवमा वढीभन्दा वढी सहभागी टोली सहभागी गराउने विषयमा छलफल भएको हो । देवघाट गाँउपालिका–५ वडा कार्यालयमा भएको कार्यक्रममा विभिन्न आमा समुहहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि देवघाट गाँउपालिकाका प्रवक्ता एवं देवघाट ५ वडाअध्यक्ष पुर्ण बहादुर कुँबरले रेडियो देवघाटसँग सहकार्य गरेर अघि वढ्ने जनाउनुभयो । रेडियोको कार्यक्रमले वढी भन्दा वढी महिला दिदिवहिनिको सहभागिता रहने कुँबरले बताउनुभयो । सोही कार्यक्रममा विशिष्ट अतिथि रेडियो देवघाट सञ्चालक समिति सदस्य एवं भरतपुर महानगरपालिका ५ वडासदस्य विशालवावु तिमिल्सेनाले रेडियो देवघाटले विभिन्न कला र संस्कृतको सम्वद्र्धन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

 छलफल कार्यक्रममा देवघाट गाँउपालिका ५ वडासचिव पविता खनाल,रेडियो देवघाट वजार प्रवन्धक गोपालचन्द्र न्यौपाने लगायत आमा समुहका अध्यक्ष र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । रेडियोका स्टेशन म्यानेजर सुवास लामिछानेले कार्यक्रमसम्वन्धी जानकारी गराउनुभएको कार्यक्रममा रेडियोका अध्यक्ष विजयराज शर्मा भुषालले रेडियोले कला र संस्कृतिको संरक्षणमा लागि पर्नेमा जोड दिनुभएको थियो ।

तीज उत्सव २०७९ देवघाट गाँउपालिका ५ हाटबजारमा भाद्र १४ गते तीजका दिन राष्ट्रिय लोकदोहोरी गायक प्रकाश कटुवाल र लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठको बेजोड प्रस्तुती सहित अन्तर आमा समुह स्तरीय तीज गीत प्रतियोगिता सञ्चालन हुनेछ । 

 
 

प्रतिकृया दिनुहोस

यसपालिको तीजमा कटुवाल र श्रेष्ठ देवघाट आउदैं ।। 

रामेछापका लोकदोहोरी गायक प्रकाश कटुवाल र चितवनकी चेली सरिता गुरुङ श्रेष्ठ यसपालीको तीज मनाउन देवघाट आउनुहुने भएको छ । रेडियो देवघाटको आयोजना,देवघाट