यसपालिको तीजमा कटुवाल र श्रेष्ठ देवघाट आउदैं ।। 


रामेछापका लोकदोहोरी गायक प्रकाश कटुवाल र चितवनकी चेली सरिता गुरुङ श्रेष्ठ यसपालीको तीज मनाउन देवघाट आउनुहुने भएको छ । रेडियो देवघाटको आयोजना,देवघाट गाँउपालिका ५ मा रहेका सामुदायिक वन समितिको सह–आयोजनामा बृहत तीज उत्सव २०७९ हुने रेडियो देवघाटका अध्यक्ष विजयराज शर्मा भुषालले जानकारी दिनुभयो ।

गायक कटुवाल र गायिका श्रेष्ठको दर्जन भन्दा वढी तीजका गीत बजारमा सार्वजनिक भएका छन् । कटुवालका जान्न वावा जान्न म जुका लाग्ने ठाँउमा,ढाडे बिरालो,खाउली केरा लगायतका गीत र श्रेष्ठको भाइरल सारी,नाच मजाले,हङकङको जुत्ता लगायतका गीत चर्चित रहेका छन् ।

हाम्रो कला र संस्कृतिको सम्मान,कलाकर्मी उत्थानको लागि रेडियो देवघाटको अभियान भन्ने नाराका साथ नारीहरुमा भएको प्रतिभा प्रस्फुटन एवम् कला र संस्कृतिको सम्बद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको रेडियोका स्टेशन म्यानेजर सुवास लामिछानेले बताउनुभयो । देवघाट गाँउपालिका ५ हाटबजारमा हुने कार्यक्रम यही भाद्र १३ र १४ गते आयोजना गरिएको छ । कार्यक्रमको प्रवद्र्धकमा देवघाट गाँउकार्यपालिकाको कार्यालय र देवघाट गाँउपालिका ५ वडा कार्यालय देवघाट तनहुँ,गण्डकी प्रदेश, तनहुँ रहेको छ । 

 
 

प्रतिकृया दिनुहोस

बृहत तीज उत्सव २०७९ को पुर्व सन्ध्यामा आज आमा समुहहरुसँग छलफल कार्यक्रम सम्पन्न ।।

रेडियो देवघाटको आयोजनामा हुने बृहत तीज उत्सव २०७९ को पुर्व सन्ध्यामा आज आमा समुहहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । रेडियो देवघाटका अध्यक्ष