कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु

कोरोना भाइरसका कारण थप २१ नेपालीको विदेशमा ज्यान गएको छ । गैरआवासीय नेपाली संघले तयार पारेको रिपोर्ट अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जनाको मृत्यु भएको हो । हालसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको संघले जनाएको छ ।

  गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार आइतवारसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।

  समितिका संयोजक डा. संजीव सापकोटाका यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

प्रतिकृया दिनुहोस

साउदी अरबको जेलमा रहेका देवघाटवासी बोटलाई सहयोगको आग्रह ।।

साउदी अरबको जेलमा रहेका स्थानियवासीलाई घरफिर्ताका लागि आग्रह गरिएको छ । देवघाट गाँउपालिका–५ वडा कार्यालयले आर्थिक सहयोग गर्न सम्पुर्णमा आग्रह