साउदी अरबको जेलमा रहेका देवघाटवासी बोटलाई सहयोगको आग्रह ।।

साउदी अरबको जेलमा रहेका स्थानियवासीलाई घरफिर्ताका लागि आग्रह गरिएको छ । देवघाट गाँउपालिका–५ वडा कार्यालयले आर्थिक सहयोग गर्न सम्पुर्णमा आग्रह गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा विगत ७ बर्ष अघि साउदी अरबमा रहेका देवघाट गाँउपालिका ५ निवासी शेर बहादुर बोटको उद्धार गरी स्वेदश फिर्ताका लागि आग्रह गरिएको देवघाट गाँउपालिका प्रवक्ता एवं ५ वडाअध्यक्ष पुर्ण बहादुर कुँबरले जानकारी दिनुभयो ।

 

विगत ९ महिना अघिदेखी साउदी अल्सा सफर जेलमा रहनुभएका बोटलाई नेपाल फिर्ता गर्नका लागि परिवारले सहयोगको याचना गरेको छ । नेपाल फर्काउनका लागि सारै समस्या परेको र परिवारको समेत आर्थिक स्थििति कमजोर भएकोले सहयोगको लागि आग्रह गरिएको शेर बहादुर बोटकी श्रीमती सुनिता बोटले बताउनुभयो ।

सुनिता बोटको कुमारी बैंक लिमिटेड नारायणगढ शाखामा रहेको खाता नम्बर ०११०००९६०३०००००१ मा सहयोग गर्न सकिने छ । सहयोगीको रेडियो देवघाटबाट समाचारमा जानकारी समेत गराइने छ भने रेडियो देवघाटमा आएर समेत सहयोग गर्न सकिनेछ । 

प्रतिकृया दिनुहोस

कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु

कोरोना भाइरसका कारण थप २१ नेपालीको विदेशमा ज्यान गएको छ । गैरआवासीय नेपाली संघले तयार पारेको रिपोर्ट अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १