शैक्षिक भविष्यका लागि अभिभावकत्व ग्रहण
शैक्षिक भविष्यका लागि अभिभावकत्व ग्रहण :
देवघाट कार्तिक १८
देवघाट गाउँपालिका–४,सार्बांग, वापस निवासी तारा गुरुङ, जो हाल साराङघाटस्थित भृकुटी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत हुनुहुन्छ, उहाँको शैक्षिक भविष्यलाई सुनिश्चित गर्ने उद्देश्यले आज अभिभावकत्व ग्रहण तथा शैक्षिक सहयोग घोषणा कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको प्रमुख तथा विशेष उपस्थिति तथा वरिष्ठ समाजसेवी अर्जुन अधिकारी, देवघाट–४ का पूर्व वडाध्यक्ष पदमबहादुर गुरुङ, गणेश तिवारी लगायत स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
क्यानडामा रहनुभएका सहयोगी मनका धनी श्रीमती मीना अधिकारी ढकाल तथा दामोदर अधिकारीले विद्यार्थी तारा गुरुङको अभिभावकत्व ग्रहण गर्दै कक्षा १२ सम्मको सम्पूर्ण अध्ययन निःशुल्क गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कार्यक्रमको प्रस्तावना गणेश तिवारीले गर्नुभएको थियो भने कार्यक्रमको समन्वय वरिष्ठ समाजसेवी अर्जुन अधिकारीले गर्नुभएको थियो। सहयोगदाता श्रीमती मीना अधिकारी ढकाल तथा श्री दामोदर अधिकारी समाजसेवी अर्जुन अधिकारीका आफ्नै दाजु–भाउजू हुनुहुन्छ।
आर्थिक तथा सामाजिक अवस्थाका कारण कुनै पनि बालबालिकाको शिक्षा अधुरो रहनु हुँदैन भन्ने मान्यताका साथ गरिएको यस मानवीय सहयोगले विद्यार्थीको शैक्षिक भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
यस्ता उदाहरणीय सहयोग र सामाजिक उत्तरदायित्वका कार्यले देवघाटको शैक्षिक विकासमा सकारात्मक योगदान पुग्नुका साथै अन्य सहयोगी मनहरूलाई समेत शिक्षा क्षेत्रमा सहयोग गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
देवघाट बचत तथा ऋण सहकारी संस्था को १५ औ वार्षिक साधारणसभा भव्य कार्यक्रमका साथ सम्पन्न
देवघाट बचत तथा ऋण सहकारी संस्था को १५ औ वार्षिक साधारणसभा भव्य कार्यक्रमका साथ सम्पन्न । देवघाट ,कार्तिक १५ देवघाट गाउँपालिका वडा न ५ मा स्थापित
सीता सामुदायिक वन उपभोक्ता समुहको २७औँ वार्षिक साधारणसभा सम्पन्न!
सीता सामुदायिक वन उपभोक्ता समुहको २७औँ वार्षिक साधारणसभा सम्पन्न! देवघाट कार्तिक १५ देवघाट गाउँपालिका वडा न ५ मा स्थापित तनहुँ जिल्लामा वर्ष
देवघाट गाउँपालिका वडा न ५ सुन्दरशिल टोल निवासी दल बहादुर गुरुङको भान्साघरमा आगलागी बाट क्षति ।
देवघाट गाउँपालिका वडा न ५ सुन्दरशिल टोल निवासी दल बहादुर गुरुङको भान्साघरमा आगलागी बाट क्षति । देवघाट कार्तिक ११ देवघाट गाउँपालिका वडा न ५






प्रतिकृया दिनुहोस