श्री रामजानकी बालिका आश्रमको १६ औ नियमित वार्षिक साधारणसभा एवं आय व्यय सार्वजनिक कार्यक्रम सम्पन्न
देवघाट ,भाद्र ४
लोक कल्याण सेवा प्रतिष्ठान द्वारा संचालित श्री रामजानकी बालिका आश्रम देवघाट चितवनको १६औ नियमित वार्षिक साधारणसभा तथा वर्ष २०८२/८३को वार्षिक प्रगति तथा आय व्यय विवरण प्रस्तुत गरि कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष सावित्री टण्डन (नेपाली माता ) को सभाध्यक्षता ,प्रमुख अतिथि भरतपुर महानगरपालिका वड न १ का अध्यक्ष केशव महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो ।
साथै कार्यक्रममा आजीवन सदस्य ,विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधि , शुभचिन्तकहरुको व्यापक उपस्थिति रहेको थियो ।
कार्यक्रमको मूल उद्देश्य वर्ष २०८२/८३ को वार्षिक प्रगति तथा आयव्यय विवरण प्रस्तुत गर्ने रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य व्यवस्थापक स्मृति टन्डनले प्रस्तुत गर्नु भएको थियो ।
![]()
![]()
![]()
.jpg)
वार्षिक प्रगति विवरण हरु प्रस्तुत गर्नु हुँदै सुनिता बटाला लोककल्याणीले संस्थाका प्रमुख उद्देश्य तथा कार्यदिशाको बारेमा उल्लेख गर्नु हुँदै अभिभावकीय संरक्षण बाट वन्चित ,असहाय तथा जोखिममा रहेका बालिकाहरुलाइ गाँस ,वास र कपासको साथै संरक्षण ,पालनपोषण तथा हेरचाह प्रदान गर्ने उदेश्य का साथै आधुनिक तथा औपचारिक शिक्षाका साथै नैतिक ,सांस्कृतिक ,धार्मिक तथा रचनात्मक गतिविधिमा सहभागी गराइ जिम्मेवार तथा सक्षम नागरिकका रुपमा विकास गर्ने ,१८ वर्ष पूरा गरेका किशोरीहरु लाई उच्च शिक्षा ,सीप विकास ,रोजगारी तथा आत्मनिर्भर जीवन यापनका लागि आवश्यक सहयोग तथा सहजीकरण गर्ने उद्देश्य प्रमुख रहेको जानकारी गराउनु भयो
हाल नर्सरी देखि कक्षा १२ सम्म जम्मा ३० जना बालिका हरु अध्ययनरत रहेका , उच्च शिक्षामा ७ जना रहेका र १८ वर्ष भन्दा माथिका ९ जना किशोरीहरु रहेको जानकारी गराउदै बालिकाहरुको रुचि र क्षमता अनुसार उच्च शिक्षा BED , BBS ,संस्कृत विषयमा शास्त्री तहको अध्ययनको लागि आवश्यक शैक्षिक सहयोग तथा सहजीकरण प्रदान गरिएको जानकारी गराउनु भयो। वर्ष २०८२ /८३ को आय व्यय प्रतिवेदन प्रस्तुत गर्नु हुँदै संस्थाकी आर्थिक विभाग प्रमुख तुलसा लोककल्याणीले विभिन्न शिर्षकमा आम्दानी तर्फ जम्मा कूल रकम रु १०५,६२,९१५/= खर्च तर्फ रु १,०४,१४२६०/= रहेको र संस्थामा बचत रु १४८,६५५= रहेको वहाँ ले विवरण प्रस्तुत गर्नु भएको थियो ।
प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा न १ का अध्यक्ष केशव महर्जनले कार्यक्रमको उदघाटन गर्नु हुँदै वडा न १ मा अन्य संघ संस्थाहरु भन्दा अग्र पक्तिमा रहेको यस श्री रामजानकी बालिका आश्रम का संचालक अध्यक्ष सावित्री टन्डन र महासचिव रामेश्वर खनालले संस्थाको स्थापना कालदेखि १६ वर्षको अवधिमा सडक बाट उठायेर अभिभावकविहिन बालिकाहरुलइ सुरक्षित संरक्षण , र उच्च शिक्षा ,अनुशासन कायम गरि अभिभावकीय भूमिका प्रदान गर्नु भएकोमा वहाँहरु प्रति हार्दिक नमन का साथै धन्यवाद व्यक्त गर्नु हुँदै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त ग्गर्नु भयो। अन्य विशिष्ट अतिथि ,अतिथिहरु द्वारा शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै सीताराम संस्कृत मा वि का प्रधानाध्यापक मिलन घिमिरेले आश्रमका सबै बालिकाहरु कक्षामा उच्च अंक सहित प्रथम द्वितीय स्थानमा उत्तीर्ण हुने गरेको जानकारी गराउनु भयो। अन्य अतिथि हरु भरतपुर महानगरपाकिका वडा न ४ का पुर्व अध्यक्ष तथा शिक्षाविद हरि आचार्य , श्री रामजानकी बालिका आश्रम का चितवन जिल्ला संयोजक गुणराज दाहाल ,देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भवानी प्रसाद तिम्सिना , चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगाले ले आश्रमका संचालक र बालिकाहरुको योगदानको उच्च प्रशंसा गर्नु हुँदै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो संस्थाकी अध्यक्ष सावित्री टण्डन माताको जन्मदिनको शुभ अवसरमा प्रमुख अतिथि ,विशिष्ट अतिथि ,अतिथिगण तथा बालिका आश्रम परिवारको तर्फबाट वहाँ प्रति शुभकामना व्यक्त गर्दै बालिका हरुद्वारा शुभकामना गीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको दौरान नव आजीवन सदस्यहरुलाइ प्रमाणपत्र वितरणका साथै आश्रमका बालिकाहरुले राष्ट्रभक्ति गीतहरूका साथमा नृत्य प्रस्तुत गरेका थिए ।
अन्त्यमा उपस्थित सम्पूर्ण महानुभावहरु प्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष सावित्री टण्डन द्वारा कार्यक्रमको समापन गर्नु भएको थियो ।
देवघाटमा बांदर आतंक दिन प्रतिदिन बढ्दै !
देवघाटमा बांदर आतंक दिन प्रतिदिन बढ्दै ! देवघाट भाद्र २ पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेर गएपछि नियन्त्रणका लागि पहल गरिदिन स्थानीयवासी
नेपाल मै पहिलो पटक लक्षचण्डी विराट महायज्ञ २०८३ को आयोजना हुने !
नेपाल मै पहिलो पटक लक्षचण्डी विराट महायज्ञ २०८३ को आयोजना हुने ! देवघाटधाम ,साउन ३० राष्ट्र शान्ति ,समृद्धि र अत्मकल्याण गर्ने उद्देश्यका साथ
इलाका प्रहरी कार्यालय देवघाट द्वारा आयोजित लागू औषध तथा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न
देवघाट साउन २६ इलाका प्रहरी कार्यालय देवघाट द्वारा शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालिका






प्रतिकृया दिनुहोस