देवघाटमा बांदर आतंक दिन प्रतिदिन बढ्दै !

देवघाटमा बांदर आतंक दिन प्रतिदिन बढ्दै ! देवघाट भाद्र २ पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेर गएपछि नियन्त्रणका लागि पहल गरिदिन स्थानीयवासी ले स्थानीय सरकार लगायत सम्बन्धित निकाय संग पटकपटक माग गरिएता पनि बांदर आतंक नियन्त्रण को लागि व्यवस्थापन हुन सकिरहेको छैन। विगतमा धेरै पटक बाँदरले मानिसलाई आक्रमण गर्ने, खाइरहेका कुरा खोसेर लगिदिने, घरभित्र पसेर पकाएको तथा भण्डारण गरेको खाना खाद्यान्न खाइदिने, पसलबाट किनेर ल्याउँदै गर्दा बाटोबाटै खोसेर लैजाने जस्ता समस्या बढेर गएपछि स्थानीयवासीले हैरानी व्यहोर्दै आएका छन् । मङ्गलबार दिउँसो २ बजे फेरि एक पटक देवघाट हरिहर आश्रम नजिक के वी स्वास्थ्य केन्द्रका स्वास्थकर्मी वर्ष ६५ का राम प्रसाद अर्याल लाई बांदर ले आक्रमण गरेर घाइते भएर वहाँ पहिला स्थानीय धर्मार्थ अस्पतालमा प्राथमिक उपचारको लागि पुग्नु भयो त्यहा रेबिजको खोप उपलब्ध न भए पछि भरतपुर सरकारी अस्पतालमा पुगेर रेबिजको खोप का साथ अस्पतालका डाक्टरहरुले उपचार गर्नु भएको थियो । यो एक पटकको मात्र न भएर धेरै पटक स्थानीयवासी तथा अन्य तिर्थालु भक्तजन हरुलाइ बांदरले आक्रमण गरेर घाइते बनाएको छ। देवघाट क्षेत्र विकास समितिका निवर्तमान सदस्य तथा स्थानीय समाजसेवी रामहरि पुडासैनीका अनुसार बाँदर आतङ्क साह्रै नै बढेर गएपछि नियन्त्रणका स्थानीय पालिका तथा संबंधित निकायले गम्भीर भएर बादर नियन्त्रणको लागि पहल गर्नु पर्ने विषयमा जोड दिनु भएको छ। वृद्धाश्रममा रहने र स्नानका लागि आउने भक्तजन बाँदरबाट निकै आतङ्कित बनेका छन् । “खाइरहेको खाना बाँदरले उठाएर लैजाने गर्दछ ।” दैनिक दुई–तीनजना वृद्धवृद्धालाई बाँदरले घाइते बनाउने गरेको छ । कृषि तथा वन विभाग रामपुरका प्राध्यापक डा . कृष्ण काफ्लेका अनुसार बाँदरको प्रजनन चारदेखि पाँच वर्षमा हुने गर्दछ । १६० दिनमा बच्चा जन्माउने गर्दछ । एक पटकमा प्रायः एउटा मात्रै बच्चा जन्माउने भए पनि पुनः छिट्टै गर्भाधारण गर्नाले यसको सङ्ख्या निकै छिटो वृद्धि हुने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

नेपाल मै पहिलो पटक लक्षचण्डी विराट महायज्ञ २०८३ को आयोजना हुने !

नेपाल मै पहिलो पटक लक्षचण्डी विराट महायज्ञ २०८३ को आयोजना हुने !   देवघाटधाम ,साउन ३० राष्ट्र शान्ति ,समृद्धि र अत्मकल्याण गर्ने उद्देश्यका साथ

इलाका प्रहरी कार्यालय देवघाट द्वारा आयोजित लागू औषध तथा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

देवघाट साउन २६ इलाका प्रहरी कार्यालय देवघाट द्वारा शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालिका

देवघाट

श्री चक्रवर्ती सामुदायिक वन उपभोक्ता समूह देवघाट ५ तनहुँ द्वारा चक्रवर्ती सामुदायिक वन ग्रीन पिकनिक पार्क क्षेत्रमा उपभोक्ता समुहका सदस्यहरुको