नेपाल मै पहिलो पटक लक्षचण्डी विराट महायज्ञ २०८३ को आयोजना हुने !

नेपाल मै पहिलो पटक लक्षचण्डी विराट महायज्ञ २०८३ को आयोजना हुने !

 

देवघाटधाम ,साउन ३० राष्ट्र शान्ति ,समृद्धि र अत्मकल्याण गर्ने उद्देश्यका साथ विश्वबन्धुहरुको भावना जागरणका लागि गलेश्वर आश्रम स्थापनाको शत वार्षिकी (१००वर्ष ) पुर्ण भएको उपलक्ष्यमा शनिबार गलेश्वर आश्रम द्वारा लक्ष चण्डी विराट महायज्ञ२०८३ अन्तर्गत विचार विमर्श कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता र उदघाटन गर्नुहुदै आश्रमका अध्यक्ष एवं पिठाधीश अनन्तश्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले आफ्नो आशिर्वचन का साथै महायज्ञको आवश्यकता र औचित्यको बारेमा व्याख्या गर्नु हुँदै आध्यात्मिक साधनाको भूमि देवभूमि देवघाटधाम गलेश्वर आश्रम द्वारा राष्ट्र शान्ति , समृद्धि र आत्मकल्याणका लागि साथै वैदिक सत्य सनातन धर्मको संरक्षणको लागि आगामी २०८३ माघ १ गते देखि फागुन ८ गते सम्म लक्षचण्डी विराट महायज्ञ २०८३ को आयोजना गर्न लागिएको जानकारी गराउनु भयो। साथै महायज्ञ अवधिभर दुर्गा माताको आराधना गर्दै १३ अध्यायको सप्तचण्डी लगातार १ लाख पटक ११०० जना ब्राह्मण हरुद्वारा पाठ गर्नु पर्ने र ब्राह्मण हरुलाइ दक्षिणा ,भोजन ,आवासको वयवस्था १०० हवन कुण्ड यज्ञ व्यवस्था ,पाण्डाल ,हवनको लागि दाउरा, पाण्डाल, खानेपानी आदिको व्यवस्थापन चुनौतीपुर्ण रहेको र अन्य व्यवस्थापन को जिम्मेवारी को लागि स्थानीय संघ संस्थाका पदाधिकारी र स्थानीय वासी व्यक्तित्वहरुको साथ र सहयोगको लागि विचार विमर्श कार्यक्रमको आयोजना गारिएको जानकारी गराउनु भयो। आफ्नो राय सल्लाह सुझावहरु प्रस्तुत गर्नु हुँदै देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष तथा स्थानीय समाजसेवी शिवराज पौडेलले महायज्ञ लाई सफल बनाउन भौतिक पुर्वाधार सडकको व्यवस्थापन ,झोलुंगे पुल मर्मत सम्भार ,सार्वजनिक शौचालय निर्माण ,का लागि स्थानीय पालिकाको ध्यानाकर्षण गराउनु भयो। देवघाटधाममा विगतमा हरिहर आश्रम ,महेश आश्रम तथा गलेश्वर आश्रम द्वारा गरिएको विराट ज्ञान महायज्ञहरु सफलतापुर्वक सफल भएको उदाहरण दिनु हुँदै अब आयोजना हुने लक्ष चण्डी विराट महायज्ञ विगतको भन्दा फरक बढी बजेट आउने हुँदा स्वामीज्यु को सत्संकल्प र सबैजनाको साथ र सहयोगले महायज्ञ सफल हुने कुरामा विश्वास व्यक्त गर्नु भयो । अन्य वक्तामा देवघाट महिला संजालकी अध्यक्ष राधादेवी खनाल ले महायज्ञमा सबैभन्दा बढी जनशक्ति व्यवस्थापनमा जोड दिनु पर्ने र देवघाट महिला संजालको तर्फबाट महायज्ञ सफलताको लागि पुर्ण साथ र सहयोग रहने जानकारी गराउनु भयो। त्रिभुवन विश्वविद्यालय किर्तिपुरका सामाजिक विभागका पुर्व विभागीय प्रमुख डा. लक्ष्मण सुवेदीले स्थानीय देवघाट गाउँ पालिका ,भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका सबैलाई सहभागी गराउदै आर्थिक सहयोग जुटाउनु पर्ने विषयमा जोड दिनु भयो। देवघाट गाउँपालिका ५ न वडा अध्यक्ष पुर्ण बहादुर कुवर ,गाउँपालिका उपाध्यक्ष भुवन सिह गुरुङ र अध्यक्ष तिल बहादुर थापाले महायज्ञ सफल बनाउन स्थानीय पालिका बाट पुर्ण साथ र सहयोग रहने ,सडक निर्माणको कार्य शिघ्र सम्पन्न हुने र दाउराको व्यवस्थाको लागि सामुदायिक बन उपभोक्ता समुह सङ्ग सहकार्य गरि व्यवस्थापन गर्ने र अध्यक्ष तिल बहादुर थापाले महायज्ञ पुर्णरुपमा सफल बनाउन तनहुँ जिल्लाका सम्पूर्ण स्थानीय पालिका र जिल्ला स्तरीय संघ संस्था र सुरक्षा निकाय सबैको साथ र सहयोग जुटाउन र सहकार्यको लागि आफू तयार रहेको जानकारी गराउनु भयो। देवघाट क्षेत्र विकास समिति का अध्यक्ष भवानी प्रसाद तिम्सिना तथा गार्गी कन्या गुरुकुलका अध्यक्ष शान्ता प्रसाद पोखरेल ,यातायात व्यवसायी महासंघ उपाध्यक्ष राम प्राअद सुवेदी ,परमानन्द संस्कृत गुरुकुलका प्राचार्य सच्चिदानन्द सरस्वती महाराजले पनि कार्यक्रम सफलताको शुभकामना सहित सबैको भूमिका र जिम्मेवारीको बारेमा विचार व्यक्त गर्नु भएको थियो । तस्बिर : रेडियो देवघाट

प्रतिकृया दिनुहोस

देवघाटमा बांदर आतंक दिन प्रतिदिन बढ्दै !

देवघाटमा बांदर आतंक दिन प्रतिदिन बढ्दै ! देवघाट भाद्र २ पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेर गएपछि नियन्त्रणका लागि पहल गरिदिन स्थानीयवासी

योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै

योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै  भरतपुर १ स्थित श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा बृहत्