यसपालिको तीजमा कटुवाल र श्रेष्ठ देवघाट आउदैं ।। 


रामेछापका लोकदोहोरी गायक प्रकाश कटुवाल र चितवनकी चेली सरिता गुरुङ श्रेष्ठ यसपालीको तीज मनाउन देवघाट आउनुहुने भएको छ । रेडियो देवघाटको आयोजना,देवघाट गाँउपालिका ५ मा रहेका सामुदायिक वन समितिको सह–आयोजनामा बृहत तीज उत्सव २०७९ हुने रेडियो देवघाटका अध्यक्ष विजयराज शर्मा भुषालले जानकारी दिनुभयो ।

गायक कटुवाल र गायिका श्रेष्ठको दर्जन भन्दा वढी तीजका गीत बजारमा सार्वजनिक भएका छन् । कटुवालका जान्न वावा जान्न म जुका लाग्ने ठाँउमा,ढाडे बिरालो,खाउली केरा लगायतका गीत र श्रेष्ठको भाइरल सारी,नाच मजाले,हङकङको जुत्ता लगायतका गीत चर्चित रहेका छन् ।

हाम्रो कला र संस्कृतिको सम्मान,कलाकर्मी उत्थानको लागि रेडियो देवघाटको अभियान भन्ने नाराका साथ नारीहरुमा भएको प्रतिभा प्रस्फुटन एवम् कला र संस्कृतिको सम्बद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको रेडियोका स्टेशन म्यानेजर सुवास लामिछानेले बताउनुभयो । देवघाट गाँउपालिका ५ हाटबजारमा हुने कार्यक्रम यही भाद्र १३ र १४ गते आयोजना गरिएको छ । कार्यक्रमको प्रवद्र्धकमा देवघाट गाँउकार्यपालिकाको कार्यालय र देवघाट गाँउपालिका ५ वडा कार्यालय देवघाट तनहुँ,गण्डकी प्रदेश, तनहुँ रहेको छ । 

 
 

प्रतिकृया दिनुहोस

सामुदायिक रेडियो देवघाटद्धारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न/आवाज विहिनको वास्तविक आवाज बन्न देवघाट गाँउपालिका अध्यक्ष थापाको आग्रह

सामुदायिक रेडियो देवघाटले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु नेपालीहरुको महानपर्व विजयादशमी शुभदिपावली,छठपर्व

सिताराम संस्कृत माविको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।।

देवघाट । सिताराम संस्कृत माध्यमिक विद्यालय  भरतपुर महानगरपालिका–१ देवघाटको ४५ औं वार्षिकोत्सव एवं अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।

देवघाट सार्वजनिक पुस्ताकालयको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न ।।

देवघाट सार्वजनिक पुस्ताकालय तनहुँको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा देवघाट