चर्काे घामको प्रवाह नगरी हजारौंको संख्यामा भक्तालुजन भित्रिए देवघाटमा ।।

ऐतिहासिक, पवित्र एवं धार्मिक स्थल देवघाट क्षेत्रमा हजारौंको संख्यामा भक्तजन देवघाट पुगेका छन् । सोमबार देवघाट क्षेत्रमा चर्काे प्रवाह नगरी भक्तालुजनको बाक्लो उपस्थिति रहेको थियो । यस पटकको बोलबम श्रावणमा ५ बटा सोमबार परेकोले पनि यो उपस्थिति बाक्लिएको हो । देवघाट क्षेत्रको त्रिशुली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लागेको हो ।

श्रावण महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । देवघाटमा अन्तिम सोमबार झण्डै एक लाख भक्तजन पुगेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले जानकारी दिनुभयो । श्रावणको चौथो सोमबार करिब ७० हजार भक्तजन देवघाट पुगेको अनुमान गरिएको थियो ।

सुरक्षा व्यवस्थाका लागि तनहुँ र चितवनतर्फ गरी करिब २०० सुरक्षाकर्मी खटाइएको देवघाट क्षेत्र विकास समितिका योजना शाखा प्रमुख किरणराज पौडेलले जानकारी दिनुभयो ।  ट्राफिक व्यवस्थापनका लागि रामनगर–देवघाट सडकलाई प्रवेश मार्ग बनाइएको थियो भने आँपटारी–देवघाट सडकलाई बाहिरीने बाटो बनाइएको पौडेलले बताउनुभयो । देवघाटमा स्नान गर्न देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आएको किरणराज पौडेलले जानकारी दिनुभयो । 



 

प्रतिकृया दिनुहोस

बर्लिन पर्यटन मेलामा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत

काठमाडौं– बर्दिया राष्ट्रिय निकुञ्ज विश्व कै ठूलो पर्यटन मेला आइटिवी बर्लिन जर्मनीमा पुरस्कृत भएको छ ।     निकुञ्जले १०० दीगो पर्यटन

४२ सय मिटरको उचाइमा ‘अल्ट्रा हाफ म्याराथन’

काठमाडौं– खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ४२ सय मिटर उचाइमा रहेको ओखलढुङ्गास्थित पिकेडाँडाबाट २१ किलोमिटर लामो ‘अल्ट्रा

नेपाल भित्रिने पर्यटकको संख्यामा बृद्धि, फेब्रुअरीमा मात्रै १ लाख २४ हजार आए

काठमाडौं– अघिल्लो महिनाको ट्रेण्डलाई पछ्याउदैं फेब्रुअरीमा पनि नेपाल भित्रिने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ ।     इमिग्रेसन विभाग र