विराट कोहली भए ट्रोलको शिकार

एजेन्सी । भारतीय क्रिकेटर विराट कोहली अहिले ट्रोलको शिकार भइरहेका छन् । भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार हार व्याहोरेपछि सामाजिक संजालमा आलोचित बनेको बुझिएको छ ।

भारतीय समर्थकहरु टोलीको जितमा खेलाडीहरुलाई भगवानको रुपमा चित्रित गर्ने तथा हारमा भिलेन बनाउने गरेको इतिहास रहेको बताइन्छ ।

विश्वकपको अगाडी विराट यसरी कप्तानको रुपमा असफल भएको आक्रोश नै ट्रोलको रुपमा व्यक्त भएको भारतीय मिडियाहरु दाबी गरिरहेका छन् ।

ट्रोलमा कतिपयले अंक तालिकालाई उल्टो पार्दै विराटको टोली पहिलो स्थानमा रहेको भन्दै खिस्साएका छन् । आईपीएलको उपाधी अहिलेसम्म जित्न नसकेको बैंगलोरलाई कतिपयले विश्व कप जित्न नसकेको दक्षिण अफ्रिका पनि भनेका छन् ।

सधैं महँगा तथा स्टार खेलाडी भएर पनि आईपीएलमा फितलो हुने गरेको बैंगलोर र विराटलाई धेरैले उल्टो दिशामा हिंडेको ट्रोलहरु सार्वजनिक गरेका छन् । त्यस्तै कतिपयले अन्य कलाकारहरुको फोटो राख्दै पिडा भएको देखाएका छन् ।

प्रतिकृया दिनुहोस

विश्वकप २०२२ छनोट : नेपाली टिम अस्ट्रेलियाविरुद्ध ५-० ले पराजित

काठमाडौँ — नेपाली टिमले विश्वकप २०२२ छनोटमा बिहीबार एसियाली महारथी अस्ट्रेलियाविरुद्ध क्यानबेरामा ५-० को हार बेहोरेको छ । जेमी म्याक्लारेनको

फ्रान्सले युरो २०२० क्वालिफायरमा अल्बानिया जित्यो

किंग्सले कोमानले दुई पटक गोल गरे विश्व चैम्पियन फ्रान्सका लागि, जो आइसल्याण्डले मोल्डोभालाई 3-० ले हराएपछि क्वालिफाइंग समूह एचको शीर्षमा

यी हुन् फुटबल खेलेर धेरै कमाउने २० खेलाडीहरु 7 शेयर गरिएको

एजेन्सी । फुटबल खेल धेरैको लागि मनोरञ्जनको विषय भएपनि यसमा लागेर उच्च लेभलमा खेल्नेहरुको लागि भने राम्रो आम्दानीको श्रोत नै बन्ने गरेको छ । फुटबलमा