महान फुटबलर पेले अस्पताल भर्ना

एजेन्सी । ब्राजिलका महान फुटबलर पेलेलाई पिसाब सम्बन्धी संक्रमण भएपछि पेरिसको हस्पिटलमा भर्ना गरेको खबर बाहिरिएको छ ।

७८ वर्षिय पेलेलाई अहिले औषधीहरु दिइएको र करिब दुई दिनपछि डिस्चार्ज गर्न सकिने बताइएको छ ।

तीन वटा विश्वकप जिताउने एक मात्र खेलाडी पेले पीएसजीका किलियन एमबाप्पेसँगै एउटा कार्यक्रममा सहभागी हुन पेरिस गएका थिए ।

महान फुटबलर पेले पछिल्लो समय स्वास्थ्य सम्बन्धी समस्याले ग्रस्त छन् । सन् २०१५ मा प्रोस्टेट बढेपछि उनी हस्पिटल भर्ना भएका थिए । त्यसअघि किड्नीको डायलासिस गर्नको लागि हस्पिटल पटक पटक जानु परेको थियो ।

‘कालो मोती’ को उपनामले प्रख्यात पेले फुटबल छोडेपनी अन्तर्राष्ट्रिय जगतमा अझै उत्तिकै प्रख्यात छन् । सन् १९५८, १९६२ र १९७० को विश्वकप ब्राजिलको नाम ल्याएका र अद्भुद खेल क्षमताका कारण उनी शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

प्रतिकृया दिनुहोस

विश्वकप २०२२ छनोट : नेपाली टिम अस्ट्रेलियाविरुद्ध ५-० ले पराजित

काठमाडौँ — नेपाली टिमले विश्वकप २०२२ छनोटमा बिहीबार एसियाली महारथी अस्ट्रेलियाविरुद्ध क्यानबेरामा ५-० को हार बेहोरेको छ । जेमी म्याक्लारेनको

फ्रान्सले युरो २०२० क्वालिफायरमा अल्बानिया जित्यो

किंग्सले कोमानले दुई पटक गोल गरे विश्व चैम्पियन फ्रान्सका लागि, जो आइसल्याण्डले मोल्डोभालाई 3-० ले हराएपछि क्वालिफाइंग समूह एचको शीर्षमा

यी हुन् फुटबल खेलेर धेरै कमाउने २० खेलाडीहरु 7 शेयर गरिएको

एजेन्सी । फुटबल खेल धेरैको लागि मनोरञ्जनको विषय भएपनि यसमा लागेर उच्च लेभलमा खेल्नेहरुको लागि भने राम्रो आम्दानीको श्रोत नै बन्ने गरेको छ । फुटबलमा